Aadarsh-Daily

रुसले गरेको हवाई आक्रमणमा युक्रेनमा १३ जनाको गयो

ad-4p

युक्रेनका विभिन्न ठाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । ५६ जना घाइते भएका छन् ।

content ad p2
content left

रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा २ सय ५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणका कारण थुप्रै आवासीय भवनमा आगलागी भएको छ ।

आक्रमणपछि प्रतिक्रिया जनाउँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा यस्ता आक्रमणहरूसँगै संसारलाई युद्ध लम्बिनुको प्रमुख कारण रुस नै हो भन्ने विश्वास अझ गहिरिँदै गएको बताउनुभएको छ ।– एजेन्सी

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily