Aadarsh-Daily

बस यात्रुको नजर पर्न नसकेको चाँदी, प्रहरीले भेट्टायो : बाराका एकजना पक्राउ

ad-4p

राजधानी प्रवेशको मुख्य नाका नागढुंगामा प्रहरीले अवैध चाँदीसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति हुन्– बारा, कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिषकुमार सिंह।

content ad p2
content left

सोमबार राति वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको बस नागढुंगा चेकपोइन्टमा रोकेर प्रहरीले तलासी लिँदा, बसका सहचालक सिंहले बसभित्र लुकाएर राखेको १२ किलो १७६ ग्राम चाँदी फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहरा भन्छन्, “चाँदी गरगहनामा सिक्री, चन्द्रमा, पाउजुजस्ता सामग्री छन्। यसको स्रोत, गन्तव्य र प्रयोगबारे अनुसन्धान भइरहेको छ।”

हाल सिंह प्रहरी नियन्त्रणमा छन्। चाँदी तस्करीको सम्भावित सञ्जालबारे अनुसन्धान विस्तार गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily