Aadarsh-Daily

नेपालमार्फत भारत छिर्ने आतंककारीको आशंका, सीमा क्षेत्र उच्च सतर्कतामा

ad-4p

भारतमा हालै सम्पन्न ‘सिन्दुर अपरेसन’ पछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय सुरक्षा एजेन्सीहरूद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

content ad p2

भारतीय मिडियाहरूका अनुसार ३५ देखि ४० जना आतंकवादीहरू बंगलादेश र पाकिस्तानमार्फत नेपालमा प्रवेश गरेको आशंका गरिएको छ। तीमध्ये केही समूहले भारत प्रवेश गर्ने योजना बनाएको दाबी पनि गरिएको छ।

content left

यसै सन्दर्भमा भारत–नेपाल सीमावर्ती क्षेत्रमा गस्ती, जाँच र निगरानी बढाइएको छ। विशेष गरी बिहार र उत्तर प्रदेशसँग जोडिएका सीमामा एसएसबी को उपस्थिति उल्लेखनीय रूपमा बढाइएको छ।

यद्यपि, नेपाल सरकार वा सुरक्षासम्बन्धी निकायहरूबाट यसबारे आधिकारिक पुष्टि नभएको देखिन्छ। तर, भारतको गुप्तचर स्रोतहरूबाट प्राप्त सूचनाको आधारमा सीमामा विशेष निगरानी जारी राखिएको भारतीय मिडियाको भनाइ छ।

सुरक्षा विशेषज्ञहरूले यस्तो संवेदनशील सूचना सार्वजनिक हुँदा नेपाल–भारत आपसी विश्वासमा असर पर्न सक्ने र दुई देशबीच समन्वयात्मक प्रयास आवश्यक रहेको औंल्याएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily