Aadarsh-Daily

सोनल र भुटोको संयुक्त प्रतिवद्धता : नकटुवा विद्यालयको पुनर्निर्माण हुने

ad-4p

बाराको बिश्रामपुर गाउँपालिका–५, नकटुवामा रहेको श्री महेन्द्र आधारभूत विद्यालयको भवन र कम्पाउण्ड वाल जिर्ण अवस्थामा रहेकाले प्रदेश सभा सदस्य जितेन्द्र सोनलले स्थलगत निरीक्षण गर्नु भएको छ।

content ad p2
content left

निरीक्षणपछि सांसद सोनलले विद्यालयको जिर्ण भवन र कम्पाउण्ड वाल पुनः निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा सुधार ल्याउन भौतिक पूर्वाधारको विकास अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बिश्रामपुर गाउँपालिका अध्यक्ष जुबेर अलि भुटोले पनि पालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

निरीक्षणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबि अख्तर आलम, लोसपा प्रदेश सदस्य कृष्ण साह, पूर्व वडाध्यक्ष भोला साह, साथै उपेन्द्र महतो, अच्छेलाल सरार्फ, सुरेश महतो, जुगेश साह, विजय महतो, शर्मा साह सोनार र जोगिन्द्र महतो लगायत विद्यार्थी अभिभावक र स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily