Aadarsh-Daily

सरस्वती प्राविमा अभिभावक भेला तथा शैक्षिक सामग्री वितरण

ad-4p

श्री सरस्वती प्रा.वि., सिसियाडी, बहुदरमाई–२ मा आज अभिभावक भेला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। अमिका ठाकुरका छोरा उमेश ठाकुर बुहारी प्रियँका ठाकुरसहित ठाकुर परिवारर्फत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, कटर र इरेजरलगायतका सामग्री वितरण गरिएको विद्यालयले जानकारी दिएको छ।

content ad p2
content left

विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भएको भेलामा अभिभावकहरूलाई विद्यालयको शैक्षिक प्रगति, आगामी कार्ययोजना र विद्यार्थीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न साझा भूमिका खेल्नु पर्ने विषयमा जानकारी गराइयो।

समुदाय–विद्यालय सहकार्यलाई थप मजबुत बनाउन आयोजना गरिएको कार्यक्रममा शिक्षक–अभिभावक संवादलाई प्राथमिकता दिइएको थियो। उपस्थित अभिभावकहरूले अध्ययन सामग्रीले आर्थिक रूपमा सहजता मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रम अन्त्यमा विद्यालय परिवारले सहभागी अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको सिकाइ वातावरण सुधारका लागि यस्ता सहकार्यात्मक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily