Aadarsh-Daily

इजरायलको आदेशपछि उत्तरी गाजामा सेवा दिइरहेको अन्तिम अस्पताल पनि बन्द

ad-4p

इजरायलको आदेशपछि उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

content ad p2
content left

डाक्टर मोहम्मद साल्साले दुई हप्ताको घेराबन्दीपछि बिहीवार बेलुकी जबालियाको अल–अवदा अस्पतालबाट बिरामीहरूलाई निकालिएको छ । उहाँका अनुसार अब उत्तरी गाजामा कुनै पनि स्वास्थ्य संस्था सञ्चालनमा छैनन् ।

युद्धविरामको प्रयास चलिरहेका बेला इजरायली सेनाले अन्तिम अस्पताल पनि बन्द गर्न आदेश दिएको हो । हमासले अमेरिकी युद्धविराम योजनाको ध्यानपूर्वक समीक्षा गरिरहेको बताएको खबरमा उल्लेख छ । यस विषयमा इजरायलले ह्वाइट हाउसमा हस्ताक्षर गरिसकेको छ ।

गाजामा इजरायलले सैन्य कारबाहीलाई निरन्तरता दिइरहेको छ । गाजामा रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको ज्यान गएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily