Aadarsh-Daily

राजावादी आन्दोलनमा सहभागी कमल थापा पक्राउ

ad-4p

राजसंस्थाको पुनःस्थापनालगायत मागसहित चलिरहेको राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2
content left

पूर्वगृहमन्त्रीसमेत रहेका थापा निषेधित क्षेत्र तोड्दै बालुवाटरतर्फ अघि बढ्न खोज्दा पक्राउ परेका हुन्। प्रहरीले थापासहित पाँच जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको आन्दोलन जेठ १५ गतेदेखि अनिश्चितकालका लागि सुरु भएको हो। आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दलहरू समर्थनसहित सहभागी छन्।

आन्दोलनकारीहरूले राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्र पुनःस्थापना, तथा संघीयता खारेजी जस्ता प्रमुख माग अघि सारेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily