Aadarsh-Daily

अमेरिकाको कोलोराडोमा इजरायली बन्धकको समर्थनमा भएको प्रदर्शनमा आक्रमण

ad-4p

अमेरिकाको कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूको भीडमा एक जनालाई आगो लगाउन खोज्दा अरू धेरै जना घाइते भएका छन् ।

content ad p2

इजरायली बन्धकहरूको समर्थनमा उनीहरूको रिहाइको माग गर्दै आयोजना भएको प्रदर्शनमा घटना भएको बीबीसीले जनाएको छ ।

content left

घटनाबारे छानबिन गरिरहेको एफबीआईले यो घटनालाई आपराधिक गतिविधिको संज्ञा दिएको छ ।

अमेरिकामा रन फर देयर लाइभ्स नामको समूहले प्रदर्शन गरिरहँदा एक जनाले प्रज्वलनयुक्त तरल पदार्थ भएको बोतल फ्याँकेपछि आगो लाग्न शुरू भएको थियो । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

यसैबीच इजरायलका विदेशमन्त्री गिदोन सारले कोलोराडो घटनालाई यहुदी विरोधी आक्रमण भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily