Aadarsh-Daily

करैयामाईका कृषकलाई पशु बीमा वापत ६७,५०० रुपैयाँको चेक वितरण

ad-4p

बाराको करैयामाई गाउँपालिका–३ बजनी निवासी कृषक सुरेश प्रसाद साहलाई पशु बीमा वापत ६७,५०० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। साहले पालेको गाईको मृत्यु भएपछि बीमा कम्पनी United Ajod Insurance Limited को कलैया शाखाबाट बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम प्रदान गरिएको हो।

content ad p2

गाई मृत्यु भएको सूचना प्राप्त भएलगत्तै आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी बीमा दाबी रकम स्वीकृत गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

content left

उक्त चेक गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुनैना कुमारी चौधरीले लाभग्राही कृषक साहलाई हस्तान्तरण गरेकी हुन्। उपाध्यक्ष चौधरीले भनिन्, “पशु बीमा कार्यक्रम कृषकका लागि आर्थिक सहाराको माध्यम हो। यसले लगानीको सुरक्षा मात्र होइन, आपतकालीन क्षतिपूर्तिमा समेत सहयोग गर्छ।”

उनले पशुपालनलाई सुरक्षित र दिगो बनाउने उद्देश्यले अन्य कृषकलाई पनि बीमामा जोडिन आग्रह गरिन्। गाउँपालिकाले पशु बीमाप्रति कृषकको आकर्षण बढाउन सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको समेत उनले जानकारी दिइन्।

कार्यक्रममा करैयामाई गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख दिनेश साहको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily