Aadarsh-Daily

नेपाली लसुनको भाउ फेरि घट्यो, एक महिनामा प्रतिकिलो १२७ रुपैयाँले सस्तो

ad-4p

काठमाडौं । राजधानीको कालीमाटी तरकारी बजारमा नेपाली लसुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ। बजार विकास समितिको तथ्यांकअनुसार, मंगलबार मात्र लसुनको मूल्य प्रतिकिलो १३ रुपैयाँले घटेको छ।

content ad p2

सोमबार प्रतिकिलो १७६ रुपैयाँमा कारोबार भएको नेपाली लसुन मंगलबार १६३ रुपैयाँमा झरेको छ। एक साताअघि पनि लसुन प्रतिकिलो १४ रुपैयाँले सस्तो भएको थियो।

content left

वैशाख अन्तिम साता कालीमाटीमा लसुनको मूल्य प्रतिकिलो २९० रुपैयाँ पुगेको थियो। त्यसको तुलनामा अहिलेको मूल्य १२७ रुपैयाँले घटेको छ। मूल्यमा आएको यो गिरावट उपभोक्ताका लागि राहत भए पनि किसानको आम्दानीमा असर पर्ने देखिन्छ।

उता, चाइनिज लसुनको मूल्य भने स्थिर छ। अहिले चाइनिज लसुन कालीमाटीमा प्रतिकिलो २६० रुपैयाँमै कारोबार भइरहेको छ।

लसुनको मूल्य घट्नु पछाडि उत्पादन बढ्नु, आयातमा सहजता हुनु र उपभोगमा केही कमी आउनु जस्ता कारण रहेको बताइन्छ। व्यवसायीहरूका अनुसार अहिले बजारमा लसुनको आपूर्ति पर्याप्त मात्रामा रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily