Aadarsh-Daily

“१७ करोडको योजना: सांसद पटेलबाट पर्सामा ऐतिहासिक सडक निर्माणको संकेत”

ad-4p

वीरगन्ज। मधेश प्रदेशका प्रदेश सांसद श्याम पटेलको विशेष पहलमा पर्सा निर्वाचन क्षेत्र २ (क) अन्तर्गत ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’ (दोस्रो चरण) मा एक महत्वपूर्ण सडक योजना सिफारिस गरिएको छ।

content ad p2

सिफारिस गरिएको यो योजना डोकैला बहुअरीबाट सुरु भई चैनपुर एकटाँगा हुँदै बागवाना कोइलाभार मन्दिरसम्म कालोपत्रे गरिनेछ। कुल १७ करोड ७६ लाख ४ हजार रुपैयाँ लागत अनुमान गरिएको यस सडकले स्थानीय जनताको दशकौँदेखिको माग पुरा गर्ने अपेक्षा गरिएको छ।

content left

सांसद पटेलले यो योजना अगाडि सारेका छन्, जुन स्थानीय पूर्वाधार विकासप्रतिको उनको सक्रियता र प्रतिबद्धताको उदाहरण हो। सडक निर्माणपछि यस क्षेत्रका बासिन्दाको दैनिक आवागमनमा सहजता आउने मात्र होइन, व्यवसाय, कृषि र अन्य आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।

विशेषगरी धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको कोइलाभार मन्दिरसम्मको पहुँच सरल भएपछि धार्मिक पर्यटनमा समेत उत्साहजनक वृद्धिको सम्भावना देखिएको छ।

स्थानीय समुदायले सांसद पटेलको यो पहललाई स्वागत गर्दै सडक निर्माण कार्य यथाशीघ्र थालिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily