Aadarsh-Daily

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दायर

ad-4p

नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितको नाममा पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्ने अनुमति दिएका थिए।

content left

तर खरिद गरेको जग्गालाई दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गर्न पनि स्वीकृति दिएका थिए।

२०७६ सालमा बनेपामा पतञ्जलीले पाँच सय ९३ रोपनी जग्गा खरिद गरेको थियो। त्यसमा ३ सय ५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बिक्री गरिएको छ।

मन्त्रीस्तरबाट समेत यस विषयमा लिखित निर्देशन रहेको अख्तियारले जनाएको छ।

यो प्रकरण विशेष अदालतमार्फत कानुनी रूपमा अगाडि बढ्नेछ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily