Aadarsh-Daily

भूमि आयोगका अध्यक्ष अहमदद्वारा विद्यालय भ्रमण : सुधारका लागि प्रतिबद्धता

ad-4p

भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बिन्दावासिनी गाउँपालिकामा रहेको पाल स्काउट निम्न माध्यमिक विद्यालयको भौतिक र शैक्षिक अवस्था अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले विद्यालयको विकास र शैक्षिक वातावरण सुधार गर्न अझ धेरै काम गर्नुपर्ने कुरा औंल्याउनुभयो।

content ad p2
content left

अध्यक्ष अहमदले विद्यालय सुधारका लागि आवश्यक सहयोग र समन्वयमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विद्यालय विकासमा निरन्तर लाग्नुभएका मुकेश चौरसियाको योगदानको प्रशंसा गर्दै उहाँको समाजप्रति समर्पणको उच्च सम्मान गर्नुभयो।

स्थानिय तहमा शिक्षा र सामाजिक विकासका लागि सक्रिय व्यक्तित्वप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष अहमदले आगामी दिनमा अझ सशक्त प्रयास गर्ने शुभकामना व्यक्त गर्नुभयो।

यसले विद्यालय र समाज दुबै क्षेत्रको समृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily