Aadarsh-Daily

देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु

ad-4p

देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ। बाराको भगवानपुरमा बुधबार साँझ टिपरले ठक्कर दिँदा पचरौता नगरपालिका–५ सखुवाड निवासी ३५ वर्षीय हिरालाल मुखियाको मृत्यु भएको हो।साथै मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भई वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचाररत छन्।

content ad p2
content left

सर्लाहीको बागमती पुलमा कन्टेनरले मोटरसाइकल ठक्कर दिँदा रौतहटका २१ वर्षीय गोपाल योन्जन,
सप्तरीको सुरूङ्गामा मोटरसाइकल दुर्घटनामा १९ वर्षीय सुदिप चौधरी,
काभ्रेमा बस दुर्घटनामा ६५ वर्षीया कृष्ण माया तिमल्सिना,
तनहुँमा बस–मोटरसाइकल ठक्करमा २४ वर्षीय सरोज पौडेल,
झापामा बस–मोटरसाइकल ठक्करमा ३६ वर्षीय मिलन थापा,
बाँकेमा दुई पृथक घटनामा ३५ वर्षीय सरोज मरासिनी र ५७ वर्षीय चिरञ्जीवी अधिकारी,
रुपन्देहीमा स्कुटर दुर्घटनामा १९ वर्षीय रिकेश दर्लामी,
कैलालीमा ट्रली ठक्करबाट २४ वर्षीय राधेश्याम चौधरी,
र चितवनमा कारको ठक्करबाट अन्दाजी २० वर्षीय अज्ञात युवकको ज्यान गएको हो।

प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने, केही घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily