

सामाजिक उत्तरदायित्व र समावेशी विकासलाई प्राथमिकतामासामाजिक उत्तरदायित्व र समावेशी विकासलाई प्राथमिकतामा राख्दै बहुदरमाई नगरपालिकाले २१ जना अपांगता भएका व्यक्तिहरूलाई व्हिलचेयर र ट्राईसाइकल वितरण गरेको छ।
नगर उप–प्रमुख श्रीमती सुष्मा कुमारी कुशवाहा ज्यूको पहल तथा विकास कोषबाट प्राप्त बजेटबाट उपलब्ध गराइएको सहयोग सामग्री बिहीबार एक कार्यक्रमकाबीच वितरण गरिएको हो।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री दिनेश यादव, वडा नं. ४ का वडा अध्यक्ष श्री सुरेन्द्र यादव, पञ्जिकरण शाखाका श्री श्याम कुशवाहा लगायत अन्य शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उप–प्रमुख कुशवाहा ज्यूले अपांगता भएका व्यक्तिहरूलाई सहजीकरण गर्नु सबैको साझा दायित्व भएको बताउँदै नगरपालिकाले आगामी दिनहरूमा पनि यस किसिमका मानव–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस कार्यले अपांगता भएका नागरिकहरूलाई आत्मनिर्भर जीवनयापनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

