
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।

बैठक सभापति गगन थापाको अध्यक्षतामा दिउँसो सवा दुई बजेबाट सुरु भएको हो।
यसअघि आजै बसेको अनुशासन समितिको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
आजको बैठकमा यदुनाथ खनाल नेतृत्वको समितिले तयार पारेको कार्की आयोग प्रतिवेदनसम्बन्धी अध्ययन प्रतिवेदन पनि प्रस्तुत हुने कार्यक्रम छ, जसका आधारमा कांग्रेसले आफ्नो आधिकारिक धारणा तय गर्नेछ।

