Aadarsh-Daily

सखुवाप्रसौनीमा ऐतिहासिक दिन : ६२१ सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

ad-4p

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका ६ सयभन्दा बढी भूमिहीन सुकुम्बासीहरुले अन्ततः आफ्नै नामको जग्गा निस्सा पाएका छन्। सोमबार गाउँपालिकाका वडा नं. १ र २ का गरी ६२१ जनालाई निस्सा वितरण गरिएको हो।

content ad p2

भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साको सहकार्यमा गठन गरिएको पालिका स्तरीय सहजीकरण समितिको आयोजनामा आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव र आयोग पर्साका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा निस्सा वितरण गरे।

content left

कार्यक्रममा वडा नं. १ का ४३१ र वडा नं. २ का १९० जनालाई निस्सा वितरण गरिएको हो। अध्यक्ष यादवले बाँकी ४ वडामा रहेका सुकुम्बासीहरुलाई पनि छिट्टै निस्सा वितरण गरिने जानकारी दिँदै भने, “आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक छ। भूमिहीन, विपन्न र सुकुम्बासी नागरिकको जीवनमा स्थायित्व दिने दिशामा यो ठूलो कदम हो।”

उनले दशैंअगावै निस्सा पाएका सुकुम्बासीहरुलाई लापूर्जा समेत वितरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए।

कार्यक्रममा उपाध्यक्ष शर्मिला बिष्ट महतोले नागरिकमुखी यस्ता योजनाले सरकारप्रति जनताको भरोसा बलियो बनाउने धारणा राखिन्।

गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षता र आयोग अध्यक्ष तबरेज अहमदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहा, वडा अध्यक्षहरू बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजामिल अन्सारी, महम्मद आरीफ अन्सारी, अशेश्वर यादव र मुना कमकर लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily