Aadarsh-Daily

जबर्जस्ती करणीदेखि मानव बेचबिखनसम्म : बारामा १५ फरार पक्राउ

ad-4p

विभिन्न आपराधिक मुद्दामा फरार रहेका १५ जना प्रतिवादीलाई बाराको प्रहरीले पक्राउ गरेको छ। असार १५ र १६ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले विशेष अपरेशनमार्फत फरार अभियुक्तहरूलाई लुकीछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको हो।

content ad p2

बारागढी गाउँपालिका–२ का वेचनाथ साह (४२), तेजलाल साह (४८) र जनिलाल साह (५०) क्रमशः जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए। त्यसैगरी, जीतपुरसिमरा–५ का रमेश ठाकुरी ५०० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको चेक अनादर मुद्दामा पक्राउ परेका हुन्।

content left

यस्तै, परवानीपुर–३ का चलनाथ दास लागुऔषध, सिम्रौनगढका कृष्ण प्रसाद कुष्णाल बैंकिङ कसुर, ओझिलाल अन्सारी बलात्कार, र रविन्द्र यादव सरकारी कागज किर्ते अभियोगमा पक्राउ परेका हुन्।

मानव बेचबिखन मुद्दामा जीतपुरसिमरा–५ का रामा सुमन यादव मगर र मोहम्द मिया छुटिया पक्राउ परेका छन्। त्यस्तै, फेटा–५ का शंकर साह नारकोटिक, ममता मण्डल र मन्तल राज ओझा कर्तव्य ज्यान, कलैया–२३ का मनोतिर मिया दर्जी र बारागढी–५ की अनुदा चौधरी लेनदेन अभियोगमा पक्राउ परेका हुन्।

बाराका प्रमुख जिल्ला अधिकारी विजयराज पण्डितका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि मुद्दा अघि बढाइनेछ। प्रहरीले बाँकी फरार प्रतिवादीको खोजी कार्यलाई अझ तीव्र बनाएको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily