
पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्जका विभिन्न स्थानमा छापा हानी २८ लाख रुपैयाँभन्दा बढी नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूले रकमको वैधानिक स्रोत देखाउन नसकेको र प्रारम्भिक अनुसन्धानमा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
पछिल्ला दिनमा पर्सा जिल्लामा हुण्डी कारोबार व्यापक बन्दै गएको सन्दर्भमा प्रहरीले निगरानी बढाएको जनाएको छ।

