Aadarsh-Daily

तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको मृत्यु, दर्जनौं घाइते

ad-4p

भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लास्थित पासामाइलारम औद्योगिक क्षेत्रको एक केमिकल्स कारखानामा मंगलबार दिउँसो भएको विस्फोट र त्यसपछिको भीषण आगलागीमा परी अहिलेसम्म ३४ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा ३५ जना घाइते भएका छन् भने अन्य २४ जना अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीले जनाएको छ।

content ad p2

दुर्घटनाका बेला सो कारखानामा झण्डै १२० जना कामदार कार्यरत रहेको बताइएको छ। तिनमध्ये ५७ जना सुरक्षित रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

content left

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। साथै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई जनही ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ।

यसैबीच बिहार सरकारले पनि घटनामा मृत्यु हुने बिहार निवासी कामदारका परिवारलाई दुई–दुई लाख रुपैयाँ तथा घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

दुर्घटनास्थलमा अहिले राहत तथा उद्धार कार्य जारी रहेको र बेपत्ताहरूको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। आगलागीपछि नियन्त्रणमा लिनका लागि दर्जनौं दमकल प्रयोग गरिएको थियो। अधिकारीहरूले दुर्घटनाको विस्तृत अध्ययन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily