Aadarsh-Daily

वीरगञ्जमा फुड सप्लिमेन्ट औषधिको कालोबजारी गर्ने एक जना पक्राउ

ad-4p

पाँच गुणाभन्दा बढी मूल्य राखेर पोषण पूरक औषधि (फुड सप्लिमेन्ट) बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

content ad p2

वीरगञ्ज महानगरपालिका–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई भारतको रक्सौलबाट सस्तो मूल्यमा औषधि ल्याएर महँगोमा बेच्ने आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

content left

प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार कुर्मीले २१ प्रकारका फुड सप्लिमेन्ट औषधिमा आफैँले मूल्य तोकी बिक्री गर्दै आएका थिए।

“सूचनाका आधारमा कुर्मीलाई पक्राउ गरी कालोबजारीअन्तर्गत थप अनुसन्धान गरिरहेका छौँ,” डीएसपी लम्सालले बताए।

प्रहरीका अनुसार कुर्मीको साथबाट करिब २५ लाख रुपैयाँ बराबरका औषधि बरामद गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily