
बारामा विभिन्न मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका उनीहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा करैयामाई गाउँपालिका–७ का २५ वर्षीय कमलेश शाह सोनार छन्, जसलाई चेक अनादरको मुद्दामा १ महिना कैद र ८ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, सिमरौनगढ–१० का ३० वर्षीय मुन्ना राय साहु चोरी अभियोगमा २ वर्ष १५ दिन कैद र १० हजार जरिवाना सजाय तोकिएपछि फरार थिए ।
बाँकी चार जना भने राहु पिटाइ तथा बैङ्किङ कसुरमा मुछिएका थिए । सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

