Aadarsh-Daily

गौरबाट स्रोत नखुलेको रुपैयाँसहित अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

ad-4p

रौतहटको गौरबाट स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्।

content ad p2
content left

मंगलवार दिउँसो गौर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउतलाई नियन्त्रणमा लिएको हो।

भारततर्फबाट बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका राउतलाई चेकजाँचका क्रममा टाउकोमा लगाएको हेलमेटभित्र लुकाएर ल्याइएको नगद फेला परेको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जनाएको छ।

स्रोत नखुलेको उक्त रकमसहित राउतलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily