Aadarsh-Daily

वीरगञ्जमा ताजिया पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी तीव्र

ad-4p

वीरगञ्ज — आगामी असार २२ गते आइतबार मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) शान्तिपूर्ण रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरू सक्रिय बनेका छन्।

content ad p2

नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार सम्पन्न संयुक्त बैठकले पर्व व्यवस्थापनका लागि विभिन्न निर्णयहरू गरेको छ। प्रत्येक वडाबाट निस्कने ताजियालाई घण्टाघरमा केन्द्रित गर्ने, संयोजन टोली गठन गर्ने, असार २० गतेभित्र विवरण प्रशासनमा बुझाउने, हातहतियार र डिजे प्रयोग निषेध गर्ने तथा बालबालिकालाई सहभागी नगराउने निर्णय गरिएको छ।

content left

जनस्वास्थ्यलाई ध्यानमा राख्दै प्रतिकूल गतिविधि रोक्ने र नगर प्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय पनि गरिएको छ। सम्पूर्ण सुरक्षा जिम्मेवारी प्रहरी प्रशासनले लिनेछ।

नगर प्रमुख सिंहले सबै पक्षको सहकार्यमा पर्वलाई मर्यादित बनाउन आग्रह गरे। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगतका अनुभवका आधारमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए।

बैठकमा सुरक्षा निकायका प्रमुख, मुस्लिम अगुवा तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भई धार्मिक सद्भावको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily