
पर्सा — सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिहान वीरगञ्जमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चौकदेखि बाईपास रोड हुँदै वैष्णवी मन्दिर चौकसम्म सञ्चालन गरिएको वृक्षारोपण अभियानमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त आयोजनामा भएको सो कार्यक्रममा करिब ४०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।
सुरक्षा निकायतर्फबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख सेनानी निराजन कटुवाल, सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा, उप सेनानी बिना जाकी बन्जर, प्रहरी नायब निरीक्षक रोशन कार्की लगायतको सहभागिता थियो।
यसैगरी वीरगञ्ज भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, भन्सार अधिकृत सुनिता पौडेल, लेखा अधिकृत हृदय नारायण साह, समाजसेवी दिलीप राज कार्की, कीरण आँखा अस्पतालका डा. अमर क्याल, सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पत्रकार समुदायबाट अफताब आलम (ई.नेपाल), अजित भुजेल (पर्सा पोस्ट), राजु सराफ (ए न्युज) लगायत सहभागी थिए भने ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा, सदस्यहरू कैलाश बजाज, चन्द्र अग्रवाल, राकेश अग्रवाल, रतन तेमानी, शुशील कादमियाँ, मुकेश खेतान लगायतको सक्रियता देखिएको थियो।

