
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा आजदेखि बन्द गरिएका छन्।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्रणालीमा समस्या आएको जनाउँदै अनलाइन आवेदन, स्मार्ट कार्ड (ईडीएल) तथा अत्यावश्यक अनुमतिपत्र सेवा समेत बन्द गरिएको जानकारी दिएको हो।
विभागले समस्या समाधानको प्रक्रिया भइरहेको जनाएको छ भने अर्को सूचना नआउन्जेलसम्म सेवाहरू स्थगित रहने स्पष्ट पारेको छ।
यसले सेवाग्राहीलाई असहज हुने देखिए पनि विभागले स्थायीरूपमा समस्या समाधान गर्न आवश्यक प्राविधिक प्रयास जारी राखेको जनाएको छ।

