Aadarsh-Daily

बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित युवकलाई पक्राउ गर्‍यो

ad-4p

जिल्ला प्रहरी कार्यालय बाराले सोमबार साँझ ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी करिब २० वर्षीय सेराज अन्सारी रहेका छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको नेतृत्वमा रहेको पिकेट ड्युटी टोलीले अन्सारीलाई कलैया उपमहानगरपालिका–५ स्थित भरत चौक नजिक मटिअर्वातर्फ जाने सडकछेउबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, अन्सारी शंकास्पद रूपमा दुईवटा क्यारेट लिएर उभिएको अवस्थामा देखिएपछि निगरानीमा लिइएको थियो। प्रहरी टोली देखेपछि भाग्न प्रयास गरे पनि उनलाई तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।

content left

खानतलासीका क्रममा क्यारेटको माथिल्लो भागमा आँप राखिएको र तल्लो भागमा प्रतिबन्धित औषधि लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नोफिन १,५०० पिस, फेनारगन १,५०० पिस र डाइजोपाम १,५०० पिस गरी कुल ४,५०० पिस लागूऔषध बरामद गरेको जनाएको छ।

प्रहरीले अन्सारीलाई लागूऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार लागूऔषध तस्करीमा संलग्न समूहको पहिचानका लागि थप विवरण संकलनको कार्य पनि भइरहेको छ।

लागूऔषध नियन्त्रण तथा रोकथामका लागि बारा प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily