Aadarsh-Daily

रसुवामा लेन्डेखोलामा बाढी: १८ जना बेपत्ता, मितेरी पुल बगायो

ad-4p

रसुवाको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेका छन्।

content ad p2

बाढीले दुई देश जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी भन्सार क्षेत्रमा रहेका कन्टेनर र गाडीहरू बगाएको छ। स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध भएको छ।

content left

रसुवा जलविद्युत् आयोजना र विद्युतीय गाडी चार्जिङ स्टेशनमा पनि क्षति पुगेको छ। सात–आठ वटा गाडी बगेका छन्।

बाढीको प्रभाव नुवाकोटसम्म परेको छ भने लेन्डेखोलाको पानीको सतह घट्दो क्रममा रहेको प्रहरीले जनाएको छ। नेपाली सेना र निजी हवाई सेवामार्फत उद्धार जारी छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी वर्षाका कारण नभई तिब्बत क्षेत्रबाट आएको हिमताल विस्फोटको सम्भावित असर हुनसक्ने अनुमान गरिएको छ। भू–उपग्रह तस्वीरमार्फत थप अध्ययनका लागि ‘ईओआर’ पनि जारी गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily