Aadarsh-Daily

आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

ad-4p

स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् ।

content ad p2

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलन अन्तर्गत हिजो सेवा बहिष्कार गरेका स्वास्थ्यकर्मीहरुले आज पनि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । चिकित्सकहरुको सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा क्लिनिकले पनि ऐक्यबद्धता जनाएका छन् ।

content left

नेपाल चिकित्सक सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग रहेको उल्लेख छ । सरकारबाट कुनै सार्थक पहल नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको सङ्घले जनाएको छ ।

बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पतालहरूलाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

सङ्घका अनुसार उपभोक्ता संरक्षण ऐन अन्तर्गत चिकित्सकीय सेवामा क्षतिपूर्ति भराउने हो भने चिकित्सकले आफ्नो अभ्यासका क्रममा स्वयंलाई सुरक्षित राख्ने प्रयोजनले अनावश्यक जाँचहरू गर्नुपर्ने, उपचार प्रक्रियामा मनाेवैज्ञानिक ह्रास आउने एवम् उपचार प्रक्रियामा उत्पन्न भएका कारण ‘रिफरल’ का ‘केस’ बढ्न सक्ने र अन्ततः बिरामीको उपचार शुल्क कैयाैं गुणाले बढ्न सक्नेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily