Aadarsh-Daily

अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

ad-4p

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

content ad p2
content left

पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५४ वर्षीय स्वर्णिमकुमार बाँठा रहेका छन् ।

अमेरिका पठाइदिने भन्दै मिङमाडुण्डुले एक जनाबाट ४० लाख र स्वर्णिमले एक जनाबाट ६९ लाख ५० हजार रुपैयाँ ठगी गरेका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily