Aadarsh-Daily

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

ad-4p

देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। कैलाली, झापा, ललितपुर र सर्लाहीमा भएका दुर्घटनामा अन्य केही घाइते भएका छन्।

content ad p2

कैलालीको लम्कीचुहा–६ स्याउलेमा अटोको ठक्करबाट पैदलयात्री ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ।

content left

झापाको बाह्रदशी–१ खैरबारीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा कचनकवलका ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ३ वर्षीय नाति आयुष राजवंशी र भारतीय नागरिक २५ वर्षीय सुरज टुडु छन्। दुर्घटनामा घाइते उर्मिला राजवंशीको विएण्डसी अस्पतालमा उपचार जारी छ।

ललितपुरको कुपण्डोलमा ट्याङ्करको ठक्करबाट अन्दाजी ५५ वर्षीय एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ। उनको परिचय खुल्न बाँकी छ।

त्यस्तै, सर्लाहीको ईश्वरपुर–१४ मा मोटरसाइकल दुर्घटनामा १९ वर्षीय विष्णुकुमार महतोको बाटोमै ज्यान गएको छ। घाइते अर्का एक जनाको वीरगन्जको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily