Aadarsh-Daily

पर्साका किसान खडेरीको मारमा, धान खेती संकटमा

ad-4p

पर्साका अधिकांश क्षेत्रका किसानहरू यस वर्ष गम्भीर खडेरीको मारमा परेका छन्। आकाशे तथा भलछोपुवा पानीको भरमा धान खेती गर्दै आएका किसानहरू पर्याप्त वर्षा नहुँदा खेत बाँझो राख्न बाध्य भएका छन्।

content ad p2

सखुवाप्रसौनी गाउँपालिका–५ का किसान विश्वनाथ यादवका अनुसार १७ दिनदेखि पानी नपरेपछि छरेको धानको बिउ ब्याडमै सुक्न थालेको छ। “असारभित्र पानी नपरे यसपालि धान नै नहुने स्थिति छ,” उहाँको गुनासो छ।

content left

नदी, कुलो र धाराहरू सुकिसकेकाले सिँचाइ असम्भव बनेको छ। गण्डक नहरबाट पानी पाइरहेका दक्षिणी क्षेत्रका किसानलाई राहत भए पनि उत्तरी क्षेत्रका किसानहरू आकाशे पानी, बोरिङ र बाँधमा निर्भर छन्। तर लामो खडेरीले ती विकल्पहरू पनि सुक्दै गएका छन्।

किसान रामगुलाम यादवले भने, “वर्षभरको मेहनत धान खेतीमै लगाउँछौं, तर पानी र सिँचाइको अभावले सबै मिहिनेत खेर जाँदैछ।” समयमा मलखाद नपाइने र बोरिङको अभावले समस्या झनै जटिल बनेको छ।

हरेक वर्ष खडेरी र सिँचाइको समस्याबाट हैरान किसानहरूले अबको खेती पनि गुम्ने चिन्ता व्यक्त गरेका छन्। किसानहरू सिँचाइ सुविधा, गुणस्तरीय बिउ, मलखाद, र उचित बजार मूल्य सुनिश्चित गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily