Aadarsh-Daily

सवारी आवागमन ठप्प, तिलाबे खोलाको अस्थायी पुल निर्माण अलपत्र

ad-4p

पर्साको तिलाबे खोलामा स्टिल बेलिब्रिज जडान गर्ने घोषणा यो वर्ष पनि अधुरै रह्यो। सडक विभागले यसका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया नै रद्द गरेको छ।

content ad p2

विसं २०८१ को वर्षायाममा आएको बाढीले वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकालाई जोड्ने तिलाबे पुलको पिलर र फाउण्डेसनमा क्षति पुर्‍याएपछि पुल प्रयोगमा जोखिम देखिएको छ। हाल सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।

content left

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्टिल बेलिब्रिज नआउँदा एप्रोच सडकसहितको ठेक्का प्रक्रिया अघि बढ्न सकेन।

उनका अनुसार तीन करोड ३० लाख रुपैयाँ बराबरको ठेक्का एक साताभित्र काम सुरु गर्ने गरी आह्वान गरिएको भए पनि वर्षायाम सुरु भइसकेकाले प्रक्रिया रोकिएको हो।

अब आव सुरु भएपछि बेलिब्रिज जडान र सडक निर्माणका लागि पुनः नयाँ बोलपत्र आह्वान गरिने तयारी रहेको पटेलले जानकारी दिए।

दुई नगरपालिका जोड्ने यो महत्त्वपूर्ण पुल समयमै मर्मत र पुनर्निर्माण नहुँदा स्थानीयवासी लामो समयदेखि आवतजावतमा अप्ठ्यारो झेलिरहेका छन्। समाधान कहिले भन्ने अझै अनिश्चित छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily