Aadarsh-Daily

मधेश प्रदेशको बजेटबारे आवश्यक छानबिनका लागि गठित कार्यदल पुनर्गठन

ad-4p
content left

धनुषा – मधेश प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न गएको बिहिवार गठित कार्यदल पुनर्गठन गरेको छ ।

बिहिवार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो ।

हिजो प्रदेशसभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गर्नुभयो ।

समिति पुनर्गठनसँगै मधेश प्रदेशसभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । प्रदेश सभामा विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए ।

यसैबीच मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको ७१ दशमलव ४८ प्रतिशत खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ विनियोजन गरेकामा ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

खर्चमध्ये पुँजीगततर्फ २१ अर्ब २९ करोड ७९ लाख ३१ हजार र चालूतर्फ नौ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

गएको आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ६४ प्रतिशत मात्र बजेट खर्च भएको थियो । चालू आर्थिक वर्षमा सात वर्षको तुलनामा सबैभन्दा बढी खर्च भएको हो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily