Aadarsh-Daily

‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वय खेम र सुजनले भने– सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्

ad-4p

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरेको भनिएको ‘घुस डिल प्रकरण’मा जोडिएका मुख्य पात्रद्वय खेम पुन र सुजन लामाले आफूहरू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन् ।

content ad p2

मन्त्री गुप्तासँग आफूहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले आज सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफूहरू र मन्त्री गुप्ताबीच कुनै पनि लेनदेन नभएको स्पष्ट गरेका हुन् । प्रविधिको दुरुपयोग गरी नक्कली अडियो निर्माण गरेर मन्त्रीसहित आफूहरूको बदनामी गर्ने बदनियत रहेको दाबी उनीहरूको छ ।

आफूहरूको नाम जोडेर मन्त्री गुप्ताकोसमेत बदनाम हुनेगरी चलाइएको यो हल्ला कुनियत भएका संगठित अपराधीहरूको चाल भएको उनीहरूको भनाइ छ । हाल सञ्चारमाध्यमहरूमा सार्वजनिक गरिएको अडियो रेकर्डको फरेन्सिक जाँच गरी सत्यतथ्य पत्ता लगाई वास्तविकता बाहिर ल्याउन पुन र राईले सरोकारवालाहरूसँग माग गरेका छन् ।

content left

तत्कालीन अवस्थामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीले भूमि आयोग कास्कीको अध्यक्ष पदका लागि आफ्नो नाम सिफारिस गरेकोमा सो नियुक्तिका लागि ढुक्क रहेको तथा आफू निम्न वर्गको मान्छे भएको हुँदा घुस खुवाएर अथवा पैसा लेनदेन गरेर अध्यक्ष बन्ने आफ्नो हैसियत र चाहनासमेत नभएको खेम पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सुुजन लामाले कार्यक्रमहरूबाहेक मन्त्री गुप्तासँग भेटघाट नै नभएको बताएका छन् । ‘आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठान माननीय मन्त्रीज्यूकै मातहतमा भएकाले महासंघको महासचिवको हैसियतले महासंघकै कार्यक्रमहरूमा एक–दुई पटक भेट भएको हो,’ लामाले आफ्नो विज्ञप्तिमा लेखेका छन्, ‘तर मन्त्रीज्यूको क्वार्टरमा कुनै पनि बखत भेटघाट नभएको, कुनै कर्मचारी सरुवा तथा राजनीतिक नियुक्तिका लागि अनुरोध, दबाब वा आर्थिक लेनदेन गर्नसक्ने मेरो हैसियत नै होइन ।’

जाँचबुझपछि दोषी देखिन आएमा जस्तोसुकै सजाय भोग्न आफूहरू तयार रहेको दुईवछै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति–

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily