Aadarsh-Daily

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

ad-4p

पर्सा – वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।

content ad p2

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रूपमा अस्तित्वमा थियो ।

content left

एकीकृत जाँच चौकीमा मालवाहक गाडीबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्‍याकबाट सामान आयात र निर्यात हुने गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताउनुभयो ।

यसैबीच सुक्खा बन्दरगाह भन्सार कार्यालयल गएको आर्थिक वर्षमा ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily