Aadarsh-Daily

वीरगन्जमा चुलिँदो खानेपानी अभाव : सेनाको सहयोगमा आपतकालीन पानी वितरण सुरु

ad-4p

वीरगन्जमा बढ्दै गएको खानेपानी अभावलाई समाधान गर्न नेपाली सेनाको सहकार्यमा ट्याङ्करमार्फत आपतकालीन पानी वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले साउन १ गते सार्वजनिक सूचना जारी गर्दै यो व्यवस्था प्रदेश सरकारको समन्वयमा लागू गरिएको जनाएको छ।

content ad p2
content left

सूचनामा उल्लेख छ कि बिहान ४ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा पानी वितरण गरिनेछ। वितरणमा कुनै समस्या आएमा स्थानीय बासिन्दाले जिल्ला विपद् व्यवस्थापन समितिको टोलीसँग सम्पर्क गर्न सक्नेछन्। यसका लागि निःशुल्क हटलाइन नम्बर १६६००१०२०१७ सञ्चालनमा ल्याइएको छ।

पानी अभावसम्बन्धी गुनासो वा थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लाई मोबाइल नम्बर ९८५५०३७७६७ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनले सबै निकाय र जनसमुदायलाई संयमता, धैर्यता र सहकार्य गर्न आह्वान गर्दै पानी अभाव समाधानमा सहयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily