Aadarsh-Daily

यस्ताे छ उम्मेदवार छनाेटका लागि रास्वपाले बनाएकाे कार्यविधि

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको चुनाव अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीका लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ ।

content ad p2

रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रूपमा हुने प्रारम्भिक चुनावमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो ।

content left

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपचुनाावका लागि यही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिनुभयो ।

पार्टीले तय गरेको ६ योग्यतामा प्रचलित कानूनबमोजिम उम्मेदवार हुन योग्य भएको, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेश गरेको हुनुपर्नेछ ।

यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसूरमा सजाय नपाएको, अन्य फौजदारी कसूरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध र अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily