Aadarsh-Daily

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनिन् ओलिभिया स्मिथ

ad-4p

क्यानडाकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् । २० वर्षीया स्मिथ विश्व कीर्तिमानी १० लाख पाउन्ड स्टर्लिङमा लिभरपुलबाट आर्सनलमा अनुबन्ध भएकी हुन् ।

content ad p2

स्मिथले अमेरिकाकी डिफेन्डर नाओमी गिर्माको कीर्तिमान तोडेकी छिन् । गएको जनवरीमा चेल्सीले सान डिएगो वेभबाट गिर्मालाई ९ लाख पाउन्डमा अनुबन्ध गरेको थियो ।

content left

१५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी ओलिभिया स्मिथले च्याम्पियन्स लिग विजेता टोलीसँग चार वर्षको सम्झौता गरेकी छिन् ।

सन् २०२३ मा व्यावसायिक खेलाडी बनेकी स्मिथ एक वर्षअघि पोर्चुगिज क्लब स्पोर्टिङबाट २ लाख पाउन्डभन्दा धेरैको क्लब कीर्तिमानी मूल्यमा लिभरपुलमा सामेल भएकी थिइन् ।

१० लाख पाउन्डमा अनुबन्ध हुने पहिलो पुरुष खेलाडी भने बेलायतका ट्रेभर फ्रान्सिस हुन् । सन् १९७९ मा नटिङ्घम फरेस्टले फ्रान्सिसलाई कीर्तिमान मूल्यमा अनुबन्ध गरेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily