Aadarsh-Daily

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकारको पुनरावेदन, मुद्दा अब सर्वोच्चमा

ad-4p

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत वीरगञ्जको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

content ad p2

महान्यायाधिवक्ता कार्यालयले फैसलामा असहमति जनाउँदै सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो। कार्यालयका अनुसार आलमसहितका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावलोकनको माग गरिएको छ। साथै, जिल्ला अदालतबाट सफाइ पाएका केही आरोपितहरूलाई समेत दोषी ठहर गरिनुपर्ने दाबी गरिएको छ।

content left

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आलमसहितका केही व्यक्तिहरू पक्राउ परेका थिए। आरोप अनुसार घटनामा घाइते भएकाहरूलाई उपचारको सट्टा इँटा भट्टामा हालेर ज्यान लिएको भनिएको थियो।

गत जेठ १४ गते उच्च अदालत वीरगञ्जले प्रमाण अभावको आधारमा आलमसहित सबै आरोपितलाई सफाइ दिएको थियो। त्यस फैसलापछि राजनीतिक वृत्त र सर्वसाधारणबाट तीव्र आलोचना भएको थियो।

सरकारी स्रोतका अनुसार फैसलाले न्यायमा प्रश्न उठाएको भन्दै कानुनी प्रक्रिया अन्तर्गत सर्वोच्च अदालतमा पुनरावलोकनको बाटो रोजिएको हो। अब सर्वोच्च अदालतले पुनरावेदनको प्रारम्भिक सुनुवाइपछि फैसलाको पुनरावलोकन गर्नेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily