Aadarsh-Daily

दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गयाे

ad-4p

दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गएको मानव अधिकार सङ्गठनले जनाएको छ । दक्षिण सिरियामा भएको पछिल्लो हिंसामा ५ सय ९४ जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

content ad p2

बेलायतमा रहेको यो संस्थाले गएको आइतवारदेखि सुवेदा प्रान्तमा शुरू भएको हिंसा चरम क्रूरताले भरिएको बताएको छ । एसओएचआरले यस हिंसामा ड्रुज समुदायका ३ सय जनाले ज्यान गुमाएका बताएको छ । यसमा १ सय ४६ लडाकू र १ सय ५४ जना सर्वसाधारण छन् ।

content left

१ सय ५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी सेनाले मुद्दा चलाउन नदिई तुरुन्तै हत्या गरेको अनुगमन समूहलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

संस्थाले १८ बेदुइन लडाकू र २ सय ५७ जना सरकारी कर्मचारी मारिएका जनाएको छ । यस्तै ड्रुज लडाकूहरूले कुनै मुद्दाविना नै बेदुइन समुदायका तीन जनाको हत्या गरेका छन् । बेदुइन र ड्रुज समुदायबीच झगडा भएको थियो ।

यसबाहेक इजरायली हवाई आक्रमणमा १५ अन्य सरकारी कर्मचारी मारिएका छन् । इजरायलले ड्रुज समुदायको सुरक्षाका लागि यो आक्रमण गरेको बताएको छ ।

यद्दपि बीबीसीले अझैसम्म एसओएचआरको तथ्याङ्क पुष्टि गर्न सकेको छैन ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily