Aadarsh-Daily

निजगढका बाबु लामा हत्या आरोपमा पुर्पक्षका लागि थुनामा

ad-4p

बाराको निजगढ नगरपालिका–३ सिंगौलका कुख्यात बाबु लामा (हिरालाल मोक्तान) काठमाडौंको बूढानीलकण्ठमा भएको हत्या प्रकरणमा मुख्य योजनाकारका रूपमा संलग्न पाइएपछि पुर्पक्षका लागि कारागार चलान भएका छन्।

content ad p2

गत असार ६ गते राति निजगढका ३२ वर्षीय कृष्णकुमार लामाको हत्या भएको घटनामा संलग्न ठहर गर्दै काठमाडौं जिल्ला अदालतले बाबु लामा र मकवानपुरका विकास लामा लो लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश इश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो। घटनामा संलग्न अन्य दुई जना — सुसान्त लामा र निसान जिम्बा — जनही १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

content left

प्रहरीका अनुसार, बाबु लामाले आफ्नी भान्जीको जन्मदिन मनाउने भन्दै कृष्णकुमार लामालाई बूढानीलकण्ठ–५ टुसाल बोलाएका थिए। त्यहीँ योजनाबद्ध रूपमा कुटपिट गरी उनको हत्या गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए।

हत्या घटनामा बाबु लामा सहित विकास लामा लो, सुसान्त लामा, निसान जिम्बा र एक नाबालक संलग्न रहेको प्रहरीले जनाएको छ।

बाबु लामा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका व्यक्ति हुन्। सन् २०६८ सालमा रौतहटको हिमालीवासबाट टेकनाथ पौडेललाई अपहरण गरी १० लाख फिरौती लिएको अभियोगमा सर्वोच्च अदालतले उनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो।

काठमाडौंदेखि तराईसम्मका जिल्लामा चोरी, लुटपाट र गुण्डागर्दीमा सक्रिय बाबु लामालाई ‘हिरालाल बाबु’, ‘चोरबाबु’, ‘कालेबाबु’ लगायतका नामले चिनिने गरिएको छ।

प्रहरीले अब घटनाको थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily