Aadarsh-Daily

आजको राशिफल

ad-4p

मेष

content ad p2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मानमा वृद्धि हुनेछ। दुविधामा परेर कुनै निर्णयमा नपुग्नुहोस्। अधिकारीहरूबाट प्रशंसा पाइएला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आफूभन्दा ठूला भाइबन्धुहरुसँग आत्मीयता बढ्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक र सैद्धान्तिक विषयको चर्चा परिचर्चा हुनेछ। बुद्धि र विवेकको उपयोगले दिनलाई सकारात्मक बनाउन सक्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारमा लाभ मिल्नेछ। रोकिएका कार्यले गति लिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामविशेषले टाढिएका मित्रजनहरूसँग भेटघाट हुनेछ। सञ्चार वा प्राविधिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

content left

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक वा समाजसेवा मन लाग्नेछ। भाग्यको साथ मिल्नेछ। नोकरी वा पेशामा मानसम्मान बढ्नेछ। शुभचिन्तकहरूबाट साथ र सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका काम सम्पादन गर्नमा बाधा आउनेछ। आकस्मिक धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको तर्फबाट अलंकार वा उपहार पाइएला। सकारात्मक सोचको साथ अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा वातावरण सोचे अनुकूल नहोला। किनमेल गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। कुनै शुभ कार्य गर्नुभन्दा अघि मान्यजनहरूसँग परामर्श अवश्य लिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। प्रयोगात्मक परीक्षामा सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनत वा लगनशीलताले गरिएको कार्य सफल रहनेछ। नयाँ लगानी लगाउनबाट बच्नुहोस्। आत्मबलको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरू मध्य आत्मीयभाव जागृत हुनेछ। समय सन्दर्भ अनुसार आफूलाई प्रस्तुत गर्नुहोस्। कुनै कुरामा अपेक्षा भन्दा धेरै खर्च होला सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित खबर

आजको राशिफल

Aadarsh Daily

आजको राशिफल

Aadarsh Daily

आजको राशिफल

Aadarsh Daily