Aadarsh-Daily

मधेशमा ठूलो वर्षाको सम्भावना न्यून, पूर्व–पश्चिम अधिकांश भूभागमा भारी वर्षाको चेतावनी

ad-4p

आइतवारदेखि देशभर मनसुनी प्रणाली अझै सक्रिय हुँदै जाने र पूर्वी नेपालबाट सुरु भई अधिकांश भू–भागमा वर्षा गराउने मौसमविद्हरूले बताएका छन्। यद्यपि, यसपटक पनि मधेश प्रदेशमा ठूलो वर्षाको सम्भावना न्यून देखिएको छ।

content ad p2

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा अलि उत्तरतर्फ सर्दै गएको छ भने वर्षा गराउने प्रणाली नेपाल प्रवेश गर्दैछ। “भोलि आइतवार पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सि सोमबार पश्चिम नेपालसम्म धेरै स्थानमा भारी वर्षा हुन सक्छ,” मानन्धरले जानकारी दिनुभयो।

content left

तर, पछिल्लो प्रणालीको विकासक्रममा आएको परिवर्तनका कारण मधेश प्रदेशमा व्यापक वर्षा हुने सम्भावना घट्दै गएको बताउँदै उहाँले भन्नुभयो, “मधेशमा वर्षा भए पनि सीमित ठाउँमा मात्रै हुने देखिन्छ, ठूलो पानीको जोखिम छैन।”

सोमबार राति वा मङ्गलवार बिहानदेखि भने वर्षा क्रमशः कम हुँदै मौसम खुल्ने पूर्वानुमान गरिएको छ।

यस्तै, मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी प्रदेशका जलाधार क्षेत्रमा भारी वर्षाको सम्भावना उच्च रहेको छ। उहाँले भोलि र पर्सि दिन पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा जोखिम हुन सक्ने भन्दै यात्रा नगर्न सुझाव दिनुभएको छ।

मौसम विभागले सतर्कता अपनाउन, नदी–नाला आसपास नजान, पहिरोसम्भावित क्षेत्रमा सचेत रहनसमेत अनुरोध गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily