Aadarsh-Daily

बहुदरमाई नगरको विश्रामपुर र दक्षिण टोलमा दिनको दुईपटक पानि वितरण हुने

ad-4p

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका तथा आसपासका क्षेत्रमा भइरहेको खानेपानी संकट समाधान गर्नका लागि ट्याङ्करमार्फत पानी वितरण सुरु गर्ने भएको छ। मधेस प्रदेश सरकार, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकायहरू र सरोकारवाला संस्थाहरूको समन्वयमा तय गरिएको वितरण तालिका अनुसार सोमवार बिहानदेखि पानी वितरण हुने जनाइएको छ।

content ad p2

जिल्ला प्रशासन कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा वीरगञ्जका ७ वटा स्थान र बहुदरमाई नगरपालिकाको १ स्थानमा पानी वितरण गरिने उल्लेख छ। सूचनामा भनिएको छ, “खानेपानीको अभाव र मागलाई दृष्टिगत गर्दै तोकिएको स्थान र समय अनुसार पानी ट्याङ्करबाट वितरण गरिनेछ। वितरणस्थलहरूमा पालो मिलाई अनुशासित ढंगले वितरण हुने व्यवस्था गरिएको छ।”

content left

पानी वितरण हुने स्थान तथा समय (साउन ५ गतेदेखि लागू)

क्रमसं. स्थान/क्लस्टर वितरण समय
१. वीरगञ्ज महानगरपालिका वडा नं. १, छपकैया बिहान
२. वडा नं. ९ गाहो टोली, शिक्षा कार्यालय पछाडि बिहान ९:०० बजे
३. वडा नं. ११, राधेमाई/श्रीपुर दिउँसो १:०० बजे
४. वडा नं. ९, बुढी बगिया चोक दिउँसो २:०० बजे
५. वडा नं. १५, सिरसीया, राधेश्याम कॉलनी दिउँसो ३:०० बजे
६. वडा नं. १६, रजत जयन्ती टोल साँझ ५:०० बजे
७. वडा नं. १६, सुभाषी बिर्ता, हुसैनी चोक साँझ ५:०० बजे
८. बहुदरमाई नगरपालिका वडा नं. १, विश्रामपुर, दक्षिण टोल (दिउँसो २ पटक, बिहान १० र दिउँसो ३ बजे)

सूचनामा जनाइएअनुसार स्थानीय निकाय र स्वयंसेवकहरू मार्फत ट्याङ्करमार्फत पानी वितरण गरिनेछ। वितरणका क्रममा भीडभाड हुन नदिन र आवश्यक सहयोग पुर्‍याउन सबैलाई आग्रह गरिएको छ। साथै, वितरणको प्रभावकारिता कायम राख्न उपभोक्ताहरूलाई व्यक्तिगत भाँडाकुँडा लिएर पालोअनुसार लाइन बस्न, अनुशासित रूपमा व्यवहार गर्न तथा विवाद नगर्न प्रशासनले अनुरोध गरेको छ। यस कदमले वीरगञ्ज र बहुदरमाई नगरपालिकाका बासिन्दालाई तत्काल राहत मिल्ने विश्वास गरिएको छ। स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा दीर्घकालीन समाधानका उपायहरू पनि खोजिने जनाइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily