Aadarsh-Daily

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

ad-4p

संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

content ad p2

प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा विराचाधीन छ ।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको थियो ।

content left

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुवै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको थियो ।

कुलिङ पिरियडमाथि गडबडी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । एमाले र माओवादीले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माग गरेको थियो ।

साथै हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily