Aadarsh-Daily

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

ad-4p

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ ।

content ad p2
content left

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको भर्खरैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ ।

एमालेको हिजाे सम्पन्न पोलिटब्युरो बैठकमा धेरैजसाे सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक भाेलिदेखि बस्दैछ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily