Aadarsh-Daily

राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरुद्ध, मर्मतका कारण प्रणाली बन्द

ad-4p

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सोमबार सूचना जारी गर्दै प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तारको काम भइरहेकाले सेवा अस्थायी रूपमा अवरुद्ध भएको जनाएको हो।

content ad p2
content left

विभागका अनुसार मर्मत कार्य पूरा नभएसम्मका लागि केही सेवा बन्द गरिएको छ। प्रभावित सेवामा अनलाइनमार्फत विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर, सामाजिक सुरक्षा भत्ता सम्बन्धी लाभग्राहीको नाम दर्ता तथा नवीकरण, र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध अन्य सेवा प्रणाली समावेश छन्।

विभागले मर्मतपछि सेवा पुनः नियमित हुने जानकारी गराउँदै आम सर्वसाधारणलाई असहजको लागि क्षमायाचना गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily