Aadarsh-Daily

बङ्ग्लादेशमा विद्यालय परिसरमा सेनाको विमान दुर्घटना, कम्तीमा १९ जनाको ज्यान गयो

ad-4p

बङ्ग्लादेशमा वायुसेनाको एउटा विमान राजधानी ढाकामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

content ad p2
content left

वायुसेनाले तालिमका लागि प्रयोग गर्ने विमान हिजो दिउँसो उत्तराको माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किँदा अन्य १ सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

घाइतेहरूलाई ढाका मेडिकल कलेज नजिकै रहेका अस्पतालहरूमा भर्ना गरिएको छ । विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको समयमा विमान दुर्घटना भएको एक जना विद्यार्थीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसैबीच विमान दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानूनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले जानकारी दिनुभएको छ । सरकारले आज देशभरि शोक मनाउने घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily