Aadarsh-Daily

वीरगञ्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक युवाको मृत्यु

ad-4p

वीरगञ्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२४ का २६ वर्षीय जाहिर अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ।

content left

प्रहरीका अनुसार अन्सारी आफ्नै घर अगाडि ई-रिक्सा चार्ज गरिरहेको बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

मृतक अन्सारीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्थानीयवासीले घरमा प्रयोग हुने विद्युतीय उपकरणको सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily